close

साढे ६४ लाखमा दोर्दीको वडा कार्यालय बन्दै

साढे ६४ लाखमा दोर्दीको वडा कार्यालय बन्दै

Trulli
ADVERTISEMENT

लमजुङ– दोर्दी गाउँपालिका वडा नं ८ को वडा कार्यालय भवन निर्माण कार्य सुरु भएको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले औपचारिक रुपमा शिलान्यास गरे‍र निर्माण कार्य सुरु भएको हो । 

वडा कार्यालय भवन उपभोक्ता समिति मार्फत निर्माण हुन लागेको वडाध्यक्ष नारान घलेले बताए । यसका लागि उपभोक्ता समिति अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षतामा २०८१ असार मसान्तसम्म निर्माण  सक्ने गरि यहि माघ २७ गते सम्झौता भएको हो । 

६४ लाख ३१ हजार ९ रुपैयाँ ०५ पैसाको इस्टिमेट गरेर सम्झौता भई निर्माण कार्य सुरु भएको छ । वडा कार्यालयको १५ लाख  र दोर्दी गाउँपालिकाको ४९ लाख ३१ हजार ९ रुपैयाँ ०५ पैसा लगानी रहने छ । 

सो भवन हलसहित पाँच कोठाको रहने वडाध्यक्ष घलेले पालिकाखबरलाई बताए । आफ्नै भवनको अभावमा वडाको हिलेस्थित स्वास्थ्य चौकीको पुरानो भवनबाट स्थानीयलाई सेवा उपलब्ध गराउँदै आएको उनले बताए ।