close

भुकम्प प्रतिरोधी घर निर्माण गर्न तालिम

भुकम्प प्रतिरोधी घर निर्माण गर्न तालिम

Trulli
ADVERTISEMENT

प्युठान– सरुमारानी गाउँपालिकाले भुकम्प प्रतिरोधि घर निर्माणको लागि तालिम सञ्चालन गर्ने भएको छ । पछिल्लो समय भुकम्पको जोखिम बढेकाले पालिकामा आगामी निर्माण गरिने घर भुकम्प प्रतिरोधी बनाउन गाउँपालिकाले तालिम प्रदान गर्न लागेको हो ।

गाउँपालिकाअन्तर्गत ६ वटा वडाबाट ३/३ जना गरी  १८ जनालाई तालिम उपलब्ध गराउन लागेकाे प्रशासन शाखाका अधिकृत लक्ष्मण आचार्यले बताए । योग्यता र अनुभवका आधारमा भुकम्प प्रतिरोधि घर निर्माणकाे तालिमका लागि व्यक्ती  छनौट गरिने उनले पालिकाखबरलाई जानकारी दिए ।

पछिल्लो समय भुकम्प बढी गएर मानविय क्षति हुने भएकोले भुकम्प प्रतिरोधि घर निर्माण गर्न लागेको उनले सुनाए । 'गाउँपालिकामा आगमी निर्माण गरिने सबै घर भुकम्प प्रतिरोधि हुनेछन्,’ उनले भने ।

इच्छुक योग्यता पुगेका र अनुभव भएका व्यक्तिले फागुन १३ गतेभित्र गाउँपालिकामा तालिमका लागि आवेदन दिन सकिने गाउँपालिकाले सूचना जारी गर्दै जनाएको छ ।

तालिम सञ्चालनका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए ।