close

सामुदायिक भवन निर्माण गर्दै कटहरी सरकार

सामुदायिक भवन निर्माण गर्दै कटहरी सरकार

Trulli
ADVERTISEMENT

मोरङ - कटहरी गाउँपालिकामा राम जानकी सामुदायिक भवनको शिलान्यास गरेकाे छ । सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष अजय प्रकास जयसवाल र उपाध्यक्ष रीतादेवी यादवले संयुक्त रुपमा वडा नम्बर ६ स्थित सामुदायिक भवनको शिलान्यास गरेको हो । 

गाउँपालिकाका अध्यक्ष जयसवालका अनुसार संघीय सरकार र गाउँपालिकाको संयुक्त साझेदारीमा सो भवन निर्माण गर्न लागेको हो । सो भवन निर्माणका लागि गाउँपालिकाले ११ लाख  र संघीय सरकारले २५ लाख गरी ३६ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई सुनाए । 

गाउँपालिकाले ठेक्का प्रणालीबाट सो भवनको निर्माण गर्न लागेको उनको भनाइ छ । सो क्षेत्रमा मन्दिर भएको तर सामुदायिक भवन नभएकाले निर्माण गर्न पालिकाले पहल गर्दै आएको उनले सुनाए । 

भवन अभावले मन्दिर परिसरमा दैनिक भजन किर्तन गर्नलाईसमेत समस्या हुने गरेको उनको अनुभव छ । सो भवन निर्माण भएसँगै भजन किर्तन गर्न सहजव हुने उनको विश्वास छ ।