close

खानेपानी योजनाका लागि बुद्धशान्तिमा एक करोड ९० लाख

खानेपानी योजनाका लागि बुद्धशान्तिमा एक करोड ९० लाख

Trulli
ADVERTISEMENT

झापा - बुद्धशान्ति गाउँपालिकामा खानेपानी आयोजना सञ्चालन गर्नको लागि बजेट विनियोजन भएको छ । गाउँपालिकाको साबिक शान्तिनगर अन्तरगत ३ वटा खानेपानी आयोजनालाई एक करोड ९० लाख रुपैयाँ बजेट विनियोजन भएको हो । 

गाउँपालिकाका अध्यक्ष मनोज प्रसााइका अनुसार  नेपाल सरकार खानेपानी मन्त्रालयमार्फत सो रकम विनियोजन भएको हो । प्रतिनिधिसभा सदस्य  विश्वप्रकाश शर्माको विशेष पहलमा सो बृहत् योजनाको कार्यक्रमलाई बजेट विनियोजन भएको उनले जानकारी दिए । 

मन्त्रालयबाट चारभुइया चुल्ठे  शान्तिनगरको लागि २० लाख रुपैयाँ,  बुद्धशान्ति खापागुसुआको लागि २० लाख रुपैयाँ र टिमाई शान्तिनगर एकीकृत खानेपानी आयोजनाको लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको हो ।