close

भारतमा थप १ लाख ५९ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा थप १ लाख ५९ हजार भन्दा बढी कोरोना सङ्क्रमित

Trulli
ADVERTISEMENT

नयाँदिल्ली– भारतमा २४ घण्टामा कोरोना भाइरसबाट थप १ लाख ५९ हजार ६३२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ३ करोड ५५ लाख ८ हजार सङ्क्रमित भएका छन् । 

 

तीन हजार ५२३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले  जानकारी दिएको छ । ओमिक्रोनका ती सङ्क्रमितहरुमा १ हजार ४०९ जना भने कोरोना मुक्त भएका जनाइएको छ । 

 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ५ लाख ९० हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा ४० हजार ८६३ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४४ लाख ५३ हजार ६०३ जना कोरोना सङ्क्रमण निको भएकाले कोरोना भाइरस निको हुने दर ९६.९८ प्रतिशत रहेको जनाइएको छ । 

 

सोही अवधिमा थप ३२७ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ७९० छ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

 

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ३४ हजार भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ५१ करोड ५७ लाख ६० हजार भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।