close

भारतमा एकैदिन थपिए ३ लाखभन्दा बढी कोरोना संक्रमित 

भारतमा एकैदिन थपिए ३ लाखभन्दा बढी कोरोना संक्रमित 

Trulli
ADVERTISEMENT

काठमाडौँ — भारतमा एकैदिन ३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप ३ लाख १७ हजार ५ सय ३२ जना संक्रमित भएका छन् ।

 

बुधबार परीक्षण गरिएका १६।४१ प्रतिशतको रिपोर्ट पोजिटिभ आएको हो । बुधबार १९ लाख ३५ हजार १ सय ८० नमुना परीक्षण गरिएको थियो । मंगलबार २ लाख ८२ हजार ९ सय ७० जना संक्रमित भएका थिए ।

 

भाइरसको संक्रमणका कारण गत २४ घण्टामा थप ४ सय ९१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ रहेको छ । भारतमा पछिल्लो समय ओमिक्रोन भेरिएन्टको संक्रमण पनि तीव्र बन्दै गएको छ । हालसम्म ९ हजार २ सय ८७ जना ओमिक्रोनबाट संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ । भारतले अहिलेसम्म १ अर्ब ५९ करोडभन्दा बढी डोज खोप लगाइसकेको छ ।