close

करिब ४० देखि ७५ प्रतिशत रुसी सेना युक्रेन प्रवेश गरेको अनुमान 

करिब ४० देखि ७५ प्रतिशत रुसी सेना युक्रेन प्रवेश गरेको अनुमान 

Trulli
ADVERTISEMENT

काठमाडौं– युक्रेनमा आक्रमण गर्न अत्याधिक मात्रामा रुसी सेना प्रयोग भैरहेको सैनिक एकेडेमीले दाबी गरेको छ । रोयल युनाइटेड सर्भिस इन्स्टिच्यूतका अनुसार करिब ४० देखि ७५ प्रतिशत रुसी सेना युक्रेनमा प्रवेश गरेका छन् ।

 

अमेरिकी रक्षा अधिकारी डा. ज्याक वाल्टिनले बीबीसी रेडियोमा अन्तर्वार्ता दिने क्रममा ७५ प्रतिशतभन्दा बढी रुसी सेना प्रवेश गरिसकेको दाबी गरे । उनले बेलारुसबाट अत्याधिक मात्रामा रुसी सेना प्रवेश गरेपछि राजधानी किभलाई कब्जा गर्न लागेको जानकारी दिए । एक समाचार संस्थाका अनुसार रूसी फौज राजधानी किभभन्दा १० किलोमिटर उत्तर नजिक पुगिसकेका छन् ।