close

धुलोका कारण इराकको जनजीवन प्रभावित

धुलोका कारण इराकको जनजीवन प्रभावित

Trulli
ADVERTISEMENT

काठमाडौं ।  इराकमा धुलोका कारण आकाश रंगिन देखिँदा हवाई उडान स्थगित र जनजीवन प्रभावित भएको छ । 

 

आधीका कारण आएको धुलोले गर्दा आकाश धुलाम्य भएको छ । साथै इराकको जनजीवन पनि प्रभावित भएको छ।  यस्तै आकाश सुन्तला रंगको देखिएको छ । 

 

गत महिना पनि धुलोयुक्त आँधीका कारण बाग्दादमा विमानहरूको उडान प्रभावित भएको थियो । 

 

धुलोका कारण नजिकैको दूरीसम्म पनि राम्ररी नदेखिने भएपछि बग्दाद र नाजाफस्थित विमानस्थलबाट हुने उडानहरू बन्द भए ।

 

यस्तै, दर्जनौँ मानिस श्वासप्रश्वासम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए ।