close

मोदीको अर्थपूर्ण युरोप भ्रमण

मोदीको अर्थपूर्ण युरोप भ्रमण

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीनदिने युरोप भ्रमणका क्रममा सोमबार जर्मनी पुगेका छन् । रुसले युक्रेनमा गरेको आक्रमणबारे युरोपेली मुलुकले रुसको आलोचना गरिरहेका बेला उनले युरोपको भ्रमण गरेका हुन् ।

 

भ्रमणका क्रममा उनले जर्मनी, फ्रान्स र डेनमार्कको भ्रमण गर्नेछन् । 

 

अहिले जर्मनीलगायत पश्चिमा देशले तेल, कोइला र ग्यासमा रुससँगको निर्भरतामा भारी कटौती गरिरहेका छन् ।

 

युक्रेन आक्रमणपछि जर्मनीको सुरक्षा सुदृढका लागि १ सय अर्ब युरो लगानी गरेका छन् । युरोपेली मुलुकले युक्रेनी नागरिकलाई शरण दिइरहेका छन् ।

 

यस्तै, युरोपेली मुलुकले रुसमाथि नाकाबन्दी लगाइरहेका बेला भारतले रुससँग कच्चा तेल किन्ने सम्झौता गरेको थियो । भारत युक्रेन-रुस युध्दमा कुतै खुलेको छैन । जसलाई निकै महत्त्वपूर्ण दृष्टिले हेरिएको छ ।