close

युद्धविराम र सेना फिर्ता गर्न रुसलाई जर्मन र फ्रान्सका नेताको आग्रह 

युद्धविराम र सेना फिर्ता गर्न रुसलाई जर्मन र फ्रान्सका नेताको आग्रह 

Trulli
ADVERTISEMENT

काठमाडौं । फ्रान्सका एमानुएल माक्रोँ र जर्मनीका ओलास सोल्जले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तत्काल युद्धविराम र रुसी सेना फिर्तामा जोड दिएका छन् । 

 

दुवैले पुटिनसँग भएको टेलिफोन कुराकानीका क्रममा सो आग्रह गरेको जर्मन चान्सलर कार्यालयले जनाएको छ । 

 

कार्यालयका अनुसार टेलिफोन वार्ताका क्रममा दुवैले तत्काल युद्धविराम र रुसी सेना फिर्ता गर्ने विषयमा जो ड दिएका थिए ।

तर,  रुसी नेताले मस्को किएभसँग संवाद पुन: सुरु गर्न खुला रहेको रुसले बताएको छ । 

 

रुसलाई युक्रेनी स्टिल उद्योगबाट युद्धबन्दी बनाइएका २,५०० युक्रेनी लडाकुहरूलाई छाड्नसमेत दुवै नेताले आग्रह गरेका छन् । 

 

फेब्रुवरी २४ मा रुसले अतिक्रमण गरेयता युक्रेनी र रुसी सेना र प्रतिनिधिमिण्डलहरूले प्रत्यक्ष रूपमा विभिन्न चरणमा वार्ता गरेका छन् ।