close

भारतमा आँधीबाट ३३ जनाको ज्यान गयो

भारतमा आँधीबाट ३३ जनाको ज्यान गयो

Trulli
ADVERTISEMENT

भारतीय पूर्वीराज्य बिहारमा आएको आँधीमा परेर कम्तीमा पनि ३३ जनाको ज्यान गएको छ । बिहीबारदेखि भारी वर्षासहित आएको आँधीले यहाँ जनधनको ठूलो क्षति भएको पनि बताइएको छ ।

 

बिहार राज्यका मुख्मन्त्री नितिश कुमारलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमहरूले दिएको समाचारअनुसार बिहीबारदेखि सुरु भएको वर्षा तथा हावाहुरीले यहाँका ३३ जनाको ज्यान लिएको छ ।


यस राज्यका करिब १६ जिल्लामा आँधीले असर गरेको छ । सो आँधीमा परेर सयौँ घर भत्काइदिएको छ भने अरू भौतिक संरचनामा पनि क्षति पुगेको छ । भत्किएका घरको पुनर्निर्माणका साथै अन्य सहायताका लागि यहाँका सुरक्षा निकायहरूलाई मुख्यमन्त्रीको कार्यालयले निर्देशन दिएको बताइएको छ ।


साथै मुख्यमन्त्रीको कार्यालयले उक्त आँधीमा परेर ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई ४ लाख भारतीय रुपैयाँ सहयता दिने घोषणा पनि गरेको समाचारमा जनाइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आँधीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।