close

युक्रेनबाट एक करोड २० लाख नागरिक विस्थापित

युक्रेनबाट एक करोड २० लाख नागरिक विस्थापित

Trulli
ADVERTISEMENT

रुसले युक्रेनमा आक्रमण गरेको शुक्रबार १०० दिन नाघेको छ । यो अवधिमा एक करोडभन्दा बढी युक्रेनी नागरिक देशबाट विस्थापित भएका छन् ।

एक करोड २० लाख युक्रेनी नागरिक आन्तरिक तथा बाह्य रूपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । 

यो अवधिमा दुवै देशका सयौँं सैनिक मारिएका छन् भने यूक्रेनी शहर भग्नावशेषमा परिणत भएका छन् । 

ठूलो संख्यामा सैन्य सामग्री तथा हातहतियार नष्ट भएको छ । 

यसैबीच युरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने औपचारिक निर्णय गरेको छ । 

रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगे पनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिवन्ध गरेर संघले दबाब दिएको हो ।

यसअघि २७ देशले रुसका उच्च अधिकारीहरूलाई आफ्नो देशप्रवेशमा प्रतिबन्ध लगाएका छन् । 

गत फेब्रुअरी २४ देखि रुसले युक्रेनमा आक्रमण सुरु गरेको थियो ।