close

बेलायती प्रधानमन्त्रीले विश्वासको मत लिँदै, आफ्नै दलका सांसदले मत नदिए प्रधानमन्त्री पदबाट हट्ने

बेलायती प्रधानमन्त्रीले विश्वासको मत लिँदै, आफ्नै दलका सांसदले मत नदिए प्रधानमन्त्री पदबाट हट्ने

Trulli
ADVERTISEMENT

काठमाडौं । ब्रिटिश प्रधानमन्त्री बेरिस जोनसोनले संसद्बाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री जोनसोनले आफूमाथि सांसदको विश्वास रहेको वा नरहेको भनी विश्वासको मत लिन लागेका हुन् । 

जोनसनको कन्जरभेटिभ पार्टीका ५४ सांसदले विश्वासको मत माग गरे गरेका थिए । 

आफ्नो दलका सांसदहरूबाट विश्वासको मत नपाए उनले प्रधानमन्त्री पद गुमाउनुपर्ने बिबिसीले उल्लेख गरेको छ । 

मेमा भएको स्थानीय तहको निर्वाचनमा कन्जरभेटिभ पार्टीले कमजोर नतिजा प्राप्त गरेपछि उनको पार्टीभित्रै आलोचना हुँदै आएको छ । 

त्यस्तै, कोरोना महामारीबीच प्रधानमन्त्री कार्यालय मात्र नभई अन्य सरकार विभागमा मनोरञ्जनका लागि जमघट भएकोमा उनले ५० पाउन्ड जरिवाना तिरेका थिए ।