close

पाकिस्तानले सार्वजनिक गर्‍यो आगामी वर्षका लागि बजेट

पाकिस्तानले सार्वजनिक गर्‍यो आगामी वर्षका लागि बजेट

Trulli
ADVERTISEMENT

काठमाडौं । देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९० खर्ब ५० अर्बको बजेट सार्वजनिक गरेको छ ।

वित्तीय चुनौती बढेको वर्तमान अवस्थामा सन्तुलित एवम् जनता केन्द्रित बजेट ल्याइएको अधिकारीहरूले बताएका छन् ।

शुक्रबार सङ्घीय अर्थमन्त्री मिफता इस्माइलले संसद्को तल्लो सदनमा बजेट प्रस्तुत गर्दै त्यसले देशको दिगो आर्थिक विकासलाई केन्द्रमा राखेको र आगामी वर्ष पाँच प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको बताए ।

कुल नौ खर्ब ५० अर्बको बजेटमध्ये कर्जा प्रवाहका लागि तीन अर्ब ९५ करोड कर्जा प्रवाह र आठ खर्ब सार्वजनिक क्षेत्र विकास कार्यक्रमका निम्ति विनियोजन गरिएको जानकारी दिँदै अर्थमन्त्री इस्माइलले रक्षा खर्चका लागि १.५२३ खर्ब छुट्याइएको बताए ।

बजेटमा गरीब जनताको हितमा लक्षित अनुदानका लागि  ६ खर्ब ९९ अर्ब र विपन्न वर्गको उत्थानका लागि सञ्चालन गरिने अन्य कार्यक्रमका निम्ति एक अर्ब ४२ करोड अनुदान प्रस्ताव गरिएको छ ।

त्यसैगरी बजेटमा सङ्घीय राजस्व सात खर्ब र गैरराजस्व दुई खर्ब हुने अनुमान गरिएको छ । बजेटलाई सन्तुलित, प्रगतिशील एवम् जनहितकारीको संज्ञा दिँदै प्रधानमन्त्री सहेबाज सरिफले आर्थिक जोखिमका प्रभाव घटाउन र जनताका समस्या कम गर्न आफ्नो सरकारले कठोर निर्णय लिँदै चुनौतीबाट बाहिर निस्कने बताएका छन् ।