close

ओस्लोको लन्डन पबमा गोली चल्यो, दुई जनाको मृत्यु

ओस्लोको लन्डन पबमा गोली चल्यो, दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

नर्वेको राजधानी ओस्लोको एक नाइट क्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ ।

घटनामा १० जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

गोलाबारी त्यहाँको लोकप्रिय समलैंगिक बार 'लन्डन पब'मा भएको रोयटर्सले जनाएको छ । 

"मैले एक जना मानिसलाई झोला लिएर आएको देखें, उसले बन्दुक उठायो र गोली हान्न थाल्यो," एक प्रतक्ष्यदर्शीले भने ।

रोयटर्सका अनुसार, एक संदिग्धलाई नजिकैबाट पक्राउ गरिएको छ ।

आक्रमणको उद्देश्य के थियो भन्ने स्पष्ट भइसकैको छैन ।

ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ ।