close

युक्रेन आक्रमणपछि पहिलो विदेश भ्रमणमा पुटिन

युक्रेन आक्रमणपछि पहिलो विदेश भ्रमणमा पुटिन

Trulli
ADVERTISEMENT

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको द्वन्द्वको सुरुवातपछि मध्य एसियाली देशको भ्रमणमा निस्कने भएका छन् ।

पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । युक्रेन द्वन्द्वपछि उनको यो पहिलो विदेश भ्रमण हो । 

राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको बिबिसीले उल्लेख गरेको छ ।

त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्ने छन् । राष्ट्रपति इमोमाली रहमोन रुसका निकट सहयोगी हुन् भने पूर्व सोभियत राज्यका सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक पनि  हुन् ।  

यसैगरी अस्गाबातमा उनले अजरबैजान, काजाकिस्तान, इरान र तुर्कमेनिस्तानका नेताहरू सहित क्यास्पियन राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ ।

युक्रेनमा आक्रमणपछि रुसी नेताको यो पहिलो विदेश भ्रमण हो जुन मस्कोमाथि लगाइएका थुप्रै प्रतिबन्धहरू पछि सार्वजनिक भएको छ । 

यसबाहेक, जर्मनीमा हुन लागेको जी–७ शिखर सम्मेलनमा युक्रेनका विषयमा विशेष ध्यान केन्द्रित हुने जनाइएको छ ।