close

युक्रेनको सपिङ मलमा मिसाइल आक्रमण, १६ जनाको मृत्यु

युक्रेनको सपिङ मलमा मिसाइल आक्रमण, १६ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

रुसले युक्रेनको एक सपिङ सेन्टरमा मिसाइल प्रहार गरेको छ ।

मिसाइल प्रहारबाट कम्तीमा १६ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ ।

क्रेमेन्चुक सहरमा रहेको सपिङ मलमा आक्रमणको समयमा एक हजार जना मानिसहरु रहेको युक्रेनका राष्ट्रपति भोलोदमेयर जेलेन्स्कीले जनाएका छन् ।

जर्मनीमा जारी जि ७ बैठकमा सहभागी विश्वका नेताहरुले यसलाई रसियाको घृणित कार्यको संज्ञा दिएका छन् ।

उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै निर्दोषहरुमा माथि रसियाले युद्ध अपराध गरेकोसमेत जनाएका छन् ।

रसियाले उक्त क्षेत्रमा लामो दुरीका दुई मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ । रसियाले आइतवारमात्र किभमा दर्जन मिसाइल प्रहार गरेको थियो ।