close

श्रीलंकामा अत्यावश्यक बाहेकका सेवामा इन्धन बिक्री रोक

श्रीलंकामा अत्यावश्यक बाहेकका सेवामा इन्धन बिक्री रोक

Trulli
ADVERTISEMENT

आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा रोक लगाएको छ  ।

श्रीलंका सरकारले दुई साताका लागि इन्धन बिक्रीमा रोक रोक लगाएको हो  ।

तेल आपूर्ति सकिएपछि सरकारले कर्मचारीहरूलाई घरबाट काम गर्न अनुमति दिन निजी क्षेत्रलाई अपिलसमेत गरेको छ ।

सोमबार मध्यरातदेखि स्वास्थ्य क्षेत्रलगायतका अत्यावश्यक सेवाहरूबाहेक अन्य सेवालाई इन्धन बिक्री नहुने सरकारका प्रवक्ता बन्दुला गुणवर्द्धनाले बताए । उनले भने- हामीसँग रहेको थोरै भण्डार जोगाउन चाहन्छौं ।’

अभाव र समस्याका लागि उनले उपभोक्तसँग माफीसमेत मागेका छन् । 

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र पाएपछि अहिलेसम्मकै चरम आर्थिक संकट सामना गरिरहेको छ ।

इन्धन, खाद्यन्न र औषधिजस्ता अत्यावश्यक उत्पादन आयतका लागि समेत रकम तिर्न सकेको छैन ।