close

इरानमा ६‍.१ रेक्टर स्केलको भूकम्प जाँदा पाँच जनाको मृत्यु

इरानमा ६‍.१ रेक्टर स्केलको भूकम्प जाँदा पाँच जनाको मृत्यु

Trulli
ADVERTISEMENT

इरानमा शनिबार बिहान आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । केही समयपछि त्यस क्षेत्रमा ६.३ रेक्टर स्केलका दुई थप शक्तिशाली परकम्पहरू आएका थिए।

भूकम्पमा परी केही घाइते भएका र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ । सो क्षेत्रमा राहत तथा उद्धार कार्य सुरु गरिएको छ।

भूकम्पपश्चात सो क्षेत्रमा दर्जनभन्दा बढी पराकम्प गएको छ, जसका कारण इरानको खाडीनजिकैको साइह खोश गाउँ पूर्ण रूपमा ध्वस्त भएको छ।

भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर  बन्दर अब्बासबाट करिब एक सय किलोमिटर टाढा थियो।

भूकम्पको धक्का  चीन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र बहराइन लगायत नजिकका धेरै देशहरूमा पनि महसुस भएको बिबिसीले जनाएको छ ।