close

ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

ब्रह्माण्डको पहिलो रंगिन तस्वीर सार्वजनिक

Trulli
ADVERTISEMENT

नासाले बहुप्रतिक्षित १० बिलियन डलरको जेम्स वेब स्पेस टेलिस्कोपबाट बनाइएको पहिलो पूर्ण रंगिन तस्वीर सार्वजनिक गरेको छ । आकाशगंगाका प्रकाशहरुलाई समेटिएको यो तस्वीर निकै रोचक देखिन्छ ।

राष्ट्रपति जो बाइडेन र नासाका शीर्ष अधिकारीहरूले ह्वाइट हाउसको समारोहमा सोमबार उक्त तस्वीर सार्वजनिक गरेका हुन् । यो तस्वीरले आकाशगंगाका समूह देखाएको छ ।

टाढाका बस्तुलाई समेत ठूलो आकारमा देखाउने टेलिस्कोपबाट खिचिएको यो तस्वीर पहिलो भएको र आफूहरु अझै अगाडि जाने नासाका अधिकारीले बताए । 

यसलाई हालसम्मको अनुसन्धानमै ठूलो सफलता मानिएको छ । ब्रह्माण्डको वास्तविक आकारबारे बुझ्ने वर्षौंदेखिको प्रयास सार्थक भएको वैज्ञानिकहरुले जनाएका छन् ।

नासाका प्रशासक बिल नेल्सनले ह्वाइट हाउसको कार्यक्रममा भने हामी १३ अर्ब वर्षभन्दा बढी पछाडि हेरिरहेका छौं ।

प्रकाशले प्रति सेकेन्ड १ लाख ८६ हजार माइलको गतिमा यात्रा गर्छ, र त्यो प्रकाश जुन तपाईंले ती साना कणहरू मध्ये एउटाबाट देख्नुभएको छ, त्यसले १३ बिलियन बर्षभन्दा बढीको यात्रा गरिरहेको छ।