close

राष्ट्रपति देश छाडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा

राष्ट्रपति देश छाडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौँ । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधबार देशमा संकटकाल तथा कर्फ्यू घोषणा गरेका हुन् । 

राष्ट्रपति तथा प्रधानमन्त्रीविरुद्ध निरन्तर प्रदर्शन तथा राजीनामाका लागि दबाब बढ्दै गएपछि संकटकाल घोषणा गरिएको हो ।
यसैबीच भगौडा राष्ट्रपति राजापाक्षेले राजिनामा नदिएका कारण उनको स्थानमा नयाँ राष्ट्रपतिले सपथ लिन नपाउने कानूनी व्यवस्था रहेको छ। यसले गर्दा राजापाक्षेले आधिकारिक पत्रमा राजिनामा नदिएसम्म श्रीलंकामा नयाँ राष्ट्रपतिले सपथ लिन पाउँदैनन् ।

राजापाक्षे भने श्रीलंका छाडेर माल्दिभ्स पुगेको तथा त्यहाँबाट आफ्नो अन्तिम गन्तव्यसम्म नपुगुन्जेलसम्म उनले राजिनामा नदिने बताइएको छ । 

संचार माध्यमहरुका अनुसार राजापाक्षेले राजिनामा पत्रमा हस्ताक्षर भने गरिसकेका छन् ।