close

मलेसियामा एकैदिन ९ कोरोना संक्रमितको मृत्यु

मलेसियामा एकैदिन ९ कोरोना संक्रमितको मृत्यु

Trulli
ADVERTISEMENT

मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार मलेसियाका विभिन्न भागमा चार हजार ७५९ जना कोभिड–१९ का नयाँ बिरामी थपिएका छन् भने ९ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।  

स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कोरोनाबाट पीडितको सङ्ख्या ४६ लाख ५९ हजार ७१० पुगेको छ भने ३५ हजार ९३२ जनाले ज्यान गुमाएका छन् ।

यसैबीच, न्युजिल्याण्डमा आज आठ हजार ७३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै त्यहाँ  १५ लाख ७७ हजार चार सय १४ जनामा कोभिडबाट प्रभावित भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।