close

फिलिपिन्समा ७.१ म्याग्निट्यूडको भूकम्प

फिलिपिन्समा ७.१ म्याग्निट्यूडको भूकम्प

Trulli
ADVERTISEMENT

काठमाडौं । फिलिपिन्सको दक्षिणी भेगमा आएको एउटा शक्तिशाली भूकम्पका कारण ठूलो क्षति पुगेको अनुमान गरिएको छ।

अब्रा प्रान्तस्थित धेरै जनघनत्व रहेको लुजोन टापुमा केन्द्रबिन्दु बनाएर स्थानीय समयानुसार बिहान ८ बजेपछि आएको भूकम्पले भवनहरू भत्किएका छन् भने ठाउँ-ठाउँमा पहिरो गएको छ।

उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको बताइएको छ। राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले भूकम्पबाट प्रभावित प्रान्तमा उद्धार टोली पठाउन निर्देशन दिएका छन्।

राष्ट्रपति मार्कोस उक्त क्षेत्रको निरीक्षण गर्न जान लागेको उनकी प्रवक्ताले बताएकी छन्। उनले केही साताअघि मात्र पदबहाली गरेका थिए।

उक्त क्षेत्रमा एउटा अस्पतालको केही भाग भत्किएको छ भने धेरै भौतिक संरचनाहरूमा क्षति पुगेको विवरणहरू आएका छन्। भूकम्पबाट भवनहरू क्षति पुगेको र सडकहरू पनि चर्किएका फोटोहरू सामाजिक सञ्जालमा बाहिरिएका छन् । 

तर, अहिलेसम्म कति जना हताहत भए भन्नेबारे अहिलेसम्म स्पष्ट जानकारी आइसकेको छैन। स्थानीथ अधिकारीहरूले भूकम्पपछि साना परकम्पहरू आइरहेको बताएका छन्।