close

प्रदर्शनकारीको कब्जामा इराकको संसद् भवन

प्रदर्शनकारीको कब्जामा इराकको संसद् भवन

Trulli
ADVERTISEMENT

काठमाडौं । इराकको राजधानी बगदादस्थित संसद भवनमा प्रदर्शनकारीहरु प्रवेश गरेका छन् ।

संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरे पनि नसकेको र ठूलो भीड संसद भवनभित्र छिरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन। प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्।

इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न भनेका छन्।

भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलहरूमा सुतेका थिए। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो।

त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन।

राकमा अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरु सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो।

तर आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेन।
उनी सहित उनका समर्थकहरूले अहिले प्रधानमन्त्रीमा उम्मेदवारी दिएका मोहम्मद अल सुदानीको विरोध गरेका हुन्। उनीहरू सुदानीलाई इरानसँग धेरै नजिक रहेको ठान्छन्।

कुनै समय तेलको धनी राष्ट्र इरानले सामना गरिरहेका धेरै सङ्कटहरू मध्ये बुधवारको घटना पनि एक हो।