close

भारतमा एकैदिन २० हजार जनामा कोरोना सङ्क्रमण

भारतमा एकैदिन २० हजार जनामा कोरोना सङ्क्रमण

Trulli
ADVERTISEMENT

नयाँदिल्ली । बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

यस समयमा २० हजार ४०९ थप  व्यक्तिमा कोरोना देखिएपछि  भारतमा हाल कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३९ लाखमा  ७९ हजार सात सय ३० पुगेको छ ।  देशभर एक लाख ४३ हजार नौ सय ८८ सक्रिय सङ्क्रमित छन् । 

पछिल्लो एक दिनको अवधिमा १९ हजार दुई १६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३२ लाख ८६ हजार सात सय ८७ पुगेको छ । 

कोरोना सङ्क्रमणबाट पछिल्लो एकदिनमा ४७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट पाँच लाख २६ हजार दुई सय ५८ जनाको मृत्यु भएको छ ।