close

पाकिस्तानमा बाढी पहिरोका कारण ३५७ जनाको मृत्यु

पाकिस्तानमा बाढी पहिरोका कारण ३५७ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । पाकिस्तानमा यस वर्ष मनसुन सुरु भएदेखि अहिलेसम्म वर्षापछिका विभिन्न घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ ।  

वर्षाका कारण पाकिस्तानमा बाढी, पहिरो, डुबानलगायतका घटना भएका छन् । ती घटनामा परी उनीहरूको मृत्यु भएको हो । 

ती घटनाका कारण अरु ४०० भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई विभिन्न अस्पतालमा उपचार गराइएको छ ।
  
पाकिस्तानमा यस वर्षको मनसुन गत जुन १ देखि सुरु भएको मानिएको छ भने अधिकांश ठूला घटना जुन १४ देखिए भएका छन् । 

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विवरणानुसार मानवीय क्षतिबाहेक पाकिस्तानमा भौतिक क्षति पनि धेरै भएको छ । क्षतिको विवरण हेर्दा देशभरि नै क्षति भएको देखिएको छ । मनसुन अझै नरोकिएकाले क्षति पनि अझै धेरै हुने अनुमान गरिएको छ । 

प्राधिकरणले २३ हजार ७९२ घरमा पूर्ण तथा आङ्शिक क्षति भएको जनाएको छ । सडक, सञ्चार, विद्युत्, सार्वजनिक भवनहरूलगायतमा पनि क्षति पुगेको छ ।
 
प्रधानमन्त्री शाहबाज शरिफले बिहीबार ट्वीट गर्दै पाकिस्तानले जलवायु परिवर्तनले पार्ने असर भोगिरहेको उल्लेख गरेका छन् ।