close

पाकिस्तानमा एक सुरक्षाकर्मीसहित ६ आतङ्कवादीको मृत्यु

पाकिस्तानमा एक सुरक्षाकर्मीसहित ६ आतङ्कवादीको मृत्यु

Trulli
ADVERTISEMENT

एजेन्सी । पाकिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा ६ आतङ्कवादीको मृत्यु भएको छ । देशको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त अन्तर्गत पर्ने केच जिल्लामा भएको घटनामा परी उनीहरूको मृत्यु भएको हो । सोही क्रममा एक सुरक्षाकर्मीको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ ।

गोप्य सूचनाका आधारमा सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही चलाउँदा उनीहरूको मृत्यु भएको जनाइएको छ । सुरक्षा फौजले विभिन्न ठाउँमा खोजी तथा कारबाही अभियानलाई तिव्रताका साथ अगाडि बढाएको छ ।

सुरक्षा कारबाहीका क्रममा आतङ्ककारीहरूले प्रयोग गरेका हातहतियार तथा युद्ध बन्दोबस्तीका सामग्रीहरू पनि बरामद गरिएको छ । 

आतङ्कवादीहरूले शान्ति सुरक्षामा दखल पुर्‍याएको र मानवीय तथा भौतिक क्षति पुर्‍याएको भन्दै सुरक्षाकर्मीहरूले सुरक्षा कारबाही तीव्र पारेका हुन् ।