close

ताइवान सिमानामा चीनले थाल्यो सैन्य अभ्यास

ताइवान सिमानामा चीनले थाल्यो सैन्य अभ्यास

Trulli
ADVERTISEMENT

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण सकेलगत्तै चीनले ताइवानको सीमा वरपर सैन्य अभ्यास सुरू गरेको छ।

पेलोसीको भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यासको घोषणा गरेको बिबीसीले जनाएको छ।

बिहीबारदेखि सुरू हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गमा समेत हुनेछन् । त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारी समेत हुनेछ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियान झाओले ट्वीटमार्फत सैन्य अभियान सुरू गरेको जानकारी गराएका हुन्।

समाचार एजेन्सी एएफपीका अनुसार २७ वटा चिनियाँ लडाकु विमान ताइवानको हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले स्पष्ट पारेको छ। यता जी–७ देशहरुको समूहले चीनको सैन्य अभ्यास सुरू गर्नु जायज नभएको टिप्पणी गरेको बीबीसीले जनाएको छ।

यसैबीच चीनका विदेशमन्त्री वाङ यीले बुधबार एक विज्ञप्ति जारी गर्दै आगोसँग खेल्नेहरूको अन्त्य सुखद नहुने र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने चेतावनी दिएका थिए ।