close

ताइवानमा चिनियाँ क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

ताइवानमा चिनियाँ क्षेप्यास्त्र प्रहार, जापानको आपत्ति

Trulli
ADVERTISEMENT

काठमाडौं । चीनले ताइवानको टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको छ । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरे लगत्तै व्यापक सैन्य अभ्यास सुरु गरेको चीनले उक्त टापु वरपर क्षेप्यास्त्रहरू प्रहार गरेको हो ।

ताइवानले आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ । चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको भन्दै जापानले आपत्ति जनाएको छ । 

जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए ।

चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ । बिबिसीका अनुसार चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ ।

केही दिन अघि अमेरिकी सभामुख पलोसीले चीनको चेतावनीको बाबजुत ताइवान भ्रमण गरेकी थिइन् ।