close

भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

भारतको उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं । पश्चिम बंगालका पूर्वगभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। 

उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरे । १५औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि  योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए । १५  मत रद्द भएको उनले बताए।

यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भइसकेकी छन् ।