close

इजरायल गाजा हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

इजरायल गाजा हमलाको अफ्रिकन युनियनद्वारा निन्दा

Trulli
ADVERTISEMENT

काठमाडौं । अफ्रिकन युनियनले इजरायल र गाजामा भएको हिंसात्मक हमलाको निन्दा गरेको छ । सो युनियनका अध्यक्ष माउसा फाकी माहमतले सो निन्दा गर्नुभएको हो ।

प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो । केही दिनयताको सो हिंसात्मक आक्रमणमा परेर २४ जनाको ज्यान गएको थियो भने अरु २०० भन्दा बढी मारिएका थिए ।

युनियनका अध्यक्ष माहमतले यसरी सर्वसाधारण नागरिक तथा बालबालिकालाई तारो बनाएर हमला गर्नु भनेको अन्तर्राष्टिय कानुनको उल्लङ्घन हो भन्दै यस्ता कार्य तत्कालै रोक्न आग्रह गरेको छ । 

सो विज्ञप्तिमा उनले यहाँको यो आक्रमण तत्कालै बन्द गरी अन्तर्राष्टिय समुदायको समेत सहभागितामा दिगो समाधान खोज्नुपर्ने बताएका छन् । 

उता संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले पनि गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिला लगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका थिए । 

महासचिव गुटर्रेस र युनियनका अध्यक्ष माहमतले हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरुको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न सबैसँग आग्रह गरेका थिए ।