close

एकैदिन डेढ लाख कोरोना संक्रमित थपिए

एकैदिन डेढ लाख कोरोना संक्रमित थपिए

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियामा एकैदिन एक लाख ५१ हजार ७९२ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् । सोमबारको तुलनामा मङ्गलबार एक हजार ८९५ जना बढी बिरामी थपिएका हुन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार सोमबार एक लाख ४९ हजार ८९७ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । ओमिक्रोनको उपप्रजाति द्रुत गतिमा फैलिँदा बिरामीको सङ्ख्या बढेको हो ।  मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार देशमा कोभिड–१९बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई करोड आठ लाख ४५ हजार ९७३ पुगेको छ । 

त्यसैगरी गम्भीर अवस्थाका बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३८ ले बढेर ४०२  पुगेको छ । सोही अवधिमा थप ५० जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार ३८२ पुगेको छ ।

यसैबीच, मलेसियामा पनि सोही अवधिमा तीन हजार ८३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मङ्गलबार मध्यरातसम्ममा देशभर ४७ लाख १४ हजार ४९८ जना बिरामीको  अभिलेखीकरण गरिएको मलेसियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा दक्षिणपूर्वी एसियाली देशमा महामारीबाट थप १२ जनाको मृत्यु छ भने हालसम्म ३६ हजार ४४ जनाले यो घातक रोगबाट जीवन गुमाएका छन् । 

मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार उक्त दिन चार हजार दुई सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै रोगलाई परास्त गर्ने मलेसियालीको सङ्ख्या ४६ लाख ३५ हजार ७३७ पुगेको छ । हाल मलेसियामा ४२ हजार ७१७ जना कोभिड–१९ का सक्रिय सङ्क्रमित छन् ।