close

ताइवान सीमामा गरिएको सैन्य अभ्यास सम्पन्न भएको चीनको घोषणा

ताइवान सीमामा गरिएको सैन्य अभ्यास सम्पन्न भएको चीनको घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं । चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइपेई भ्रमणलगत्तै ताइवान वरिपरि गरेको सैन्य अभ्यास सम्पन्न भएको जनाएको छ । 

१० दिनसम्म चलेको सैन्य अभ्यास सफलतापूर्वक सम्पन्न गरेको चीनले जनाएको हो । चिनिया जनमुक्ति सेनाका पूर्वी थिएटर कमाण्डले ताइवान वरिपरि संयुक्त सैन्य अभियान सफलतापूर्वक सम्पन्न भएको बताएको ग्लोबल टाइम्सले लेखेको छ ।

जनमुक्ति सेनाका पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ कर्णेल शी यीलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले हालै ताइवानको टापु वरपरको समुद्र र आकाशमा संयुक्त सैन्य अभियान सञ्चालन गरेको र सफलतापूर्वक सम्पन्न गरेको बताएको छ ।