close

कोरियामा एक लाख २८ हजार संक्रमित थप

कोरियामा एक लाख २८ हजार संक्रमित थप

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार ७१४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन् ।  बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ । 

स्वास्थ्य अधिकारीहरूका अनुसार बिहीबार एक लाख ३७ हजार २४१ जनामा कोरोना भाइरस पुष्टि भएको थियो । दक्षिण कोरियामा ओमिक्रोनको उपप्रजाति द्रूत गतिमा फैलिएको छ ।  

त्यसैगरी गम्भीर अवस्थामा बिरामीको सङ्ख्या पनि अघिल्लो दिनको तुलनामा ३५ ले बढेर ४५३ पुगेको छ । 
सोही अवधिमा थप  ८ जनाको मृत्यु भएसँगै महामारीमा परेर ज्यान गुमाउनेका सङ्ख्या २५ हजार ४९९ पुगेको छ ।