close

चर्चित लेखक रुस्दीमाथि छुरा प्रहार

चर्चित लेखक रुस्दीमाथि छुरा प्रहार

Trulli
ADVERTISEMENT

अमेरिकाको न्युयोर्कमा शुक्रबार साँझ आक्रमणमा परेका चर्चित लेखक सल्मान रुस्दीको अवस्था गम्भीर रहेको छ । 

न्युयोर्क राज्य प्रहरीले छुरा प्रहारको पुष्टि गर्दै उनलाई हेलिकप्टरबाट क्षेत्रीय अस्पताल लगिएको बताएको छ । रुस्दीको अवस्था गम्भीर रहेको र उनलाइ आवश्यक हेरचाह गरिएको गभर्नर क्याथी होचुलले बताइन् ।

आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिएको प्राप्त विवरणमा जनाइएको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए ।