close

थाइल्यान्डमा १७ स्थानमा विस्फोट र आगलागी

थाइल्यान्डमा १७ स्थानमा विस्फोट र आगलागी

Trulli
ADVERTISEMENT

बुधबार दक्षिणी थाइल्यान्डमा कम्तीमा १७ स्थानमा विस्फोट र आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

विस्फोटमा ७ जना घाइते भएका छन् । ग्याँस स्टेशनलाई लक्षित गरी बम विष्फोट भएका थिए । मध्यरातमा भएका विस्फोटमा कम्तीमा सात जना घाइते भएका सुरक्षाकर्मीले जनाएका छन् । आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन् ।

मलेसियासँगको सिमानामा रहेको दक्षिणी थाइल्याण्डका प्रान्तहरूले दशकौंदेखि तल्लो तहको विद्रोह देखेका छन् । हिंसाको अनुगमन गर्ने डीप साउथ वाच समूहका अनुसार सन् २००४ देखि द्वन्द्वमा ७ हजार ३०० भन्दा बढी मानिस मारिएका छन् ।