close

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावायद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावायद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन

Trulli
ADVERTISEMENT

श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेका हुन् ।  उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ । 

श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेका जानकारी दिए । पूर्वराष्ट्रपति गोटावायसँग निकट मानिनुहुने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्ध भइसकेको पनि बताए । पहिला उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाए । 

तर कानुन व्यवसायीहरुसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुगेका डेलि मिरर पत्रिकाले लेखेको छ ।  उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेका उल्लेख गरिएको छ । 

मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नु परेको हो ।