close

कोरोना : कोरियामा सक्रिय संक्रमितको संख्या २० लाख नाघ्यो

कोरोना : कोरियामा सक्रिय संक्रमितको संख्या २० लाख नाघ्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसबाट थप एक लाख ३८ हजार ८१२ जना सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा पछिल्ला केही हप्ता दैनिक एक लाखभन्दा बढी नयाँ सङ्क्रमित हुने गरेका छन् । योसँगै अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड २० लाख ३७ पुगेको छ ।

स्वास्थ्य अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार गत हप्ता औसतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाख २६ हजार नौ सय २६ रहेको थियो । बिहीबार सार्वजनिक गरिएको विवरणमा भने शुक्रबारभन्दा धेरै सङ्क्रमित भएको देखिएको थियो ।

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये ४९२ जनाको अवस्था गम्भीर रहेको स्वाथ्य अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या अघिल्लो दिनको भन्दा २२ बढी हो ।  पछिल्लो एक दिनमा कोरोनाका कारण दक्षिण कोरियामा ८३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या कोरियामा २५ हजार ८९६ पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या २० लाख ८५ हजार १८५ छन् ।