close

होटलमा आतंकवादी आक्रमण : १० जना मारिए

होटलमा आतंकवादी आक्रमण : १० जना मारिए

Trulli
ADVERTISEMENT

मोगादिसु । यहाँस्थित हयात होटलमा आतङ्कवादी समूह अल–शबाबले गरेको आक्रमणमा  राजधानीको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका छन् । 

घटनास्थलबाट बालबालिकासहितका अन्य धेरैलाई उद्धार गरिएको प्रहरी तथा प्रत्यक्षदर्शीहरूले बताएका छन् । यद्यपि घटनाको विस्तृत विवरण आइसकेको छैन । हतियार बोकेका अल–शबाबका आक्रमणकारीहरूले होटल भवनमा प्रवेश गर्नुअघि बाहिर विष्फोटसँगै आक्रमण सुरु गरेका थिए । शनिबार बिहान पनि बन्दुकको आवाज सुनिएको थियो । 

होटलमा लुकेका आक्रमणकारीहरूलाई सुरक्षा फौजले नियन्त्रणमा लिने प्रयास गरेका भए पनि कतिजना आक्रमणकारी त्यहाँ छन् भन्ने स्पष्ट भएको छैन । इस्लामिक चरमपन्थी समूह अल–शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।