close

साथीका बुबासँग विवाह गर्न अस्वीकार गर्दा यातना

साथीका बुबासँग विवाह गर्न अस्वीकार गर्दा यातना

Trulli
ADVERTISEMENT

पाकिस्तानको पञ्जाब प्रान्तमा एक कलेज पढ्ने युवतीलाई आफ्नै साथीका बुबासँग विवाह गर्न अस्वीकार गरेको भन्दै यातना र यौन उत्पीडन गरिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

विवाह गर्न अस्वीकार गरेको भन्दै युवतीको टाउकोको कपाल मुन्डन गरी १० लाख पाकिस्तानी रुपी माग गरेको बताइएको छ । मागेको रकम नदिएको युवतीको भिडियो सामाजिक सञ्जालमा राखिदिने चेतावनी दिइएको  जनाइएको छ । लाहोरबाट १५० किलोमिटर टाढा रहेको फैसलाबादमा उक्त घटना भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।

युवतीलाई दुर्व्यवहार गरेको भिडियो केही दिनअघि सार्वजनिक भएको थियो । जसमा युवतीलाई संदिग्धहरूले कुटपिट गरेको, उनको टाउको र आँखीभौ खौरिएको र पीडितलाई जुत्ता चाट्न लगाइएको थियो । प्रहरीले मुख्य संदिग्ध शेख दानिश, उनकी छोरी र अन्य पाँच जनालाई पक्राउ गरेको जनाएको छ ।