close

अदालतले गर्‍यो थाइल्याण्डका प्रधानमन्त्रीलाई निलम्वन

अदालतले गर्‍यो थाइल्याण्डका प्रधानमन्त्रीलाई निलम्वन

Trulli
ADVERTISEMENT

काठमाडौं । थाइल्यान्डको उच्च अदालतले प्रधानमन्त्री प्रयुथ ओ चानलाई बुधबार निलम्बन गरेको छ । विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्दामाथिको आन्तरिम आदेशले बुधबार चानलाई निलम्बन गरेको हो । उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए । 

उनीविरुद्ध परेको मुद्दाको सुनुवान गर्न ९ जनाको इजलास गठन गरिएको थियो । इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए । चान सन् २०१४ मा सैन्य कुपछि  प्रधानमन्त्री भएका थिए । 

विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र  सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना गरिनुपर्ने विवादबीच यो विषय अदालतसम्म पुगेको थियो ।