close

एकै परिवारका ६ जना मृत फेला

एकै परिवारका ६ जना मृत फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । भारतमा शुक्रबार एउटै परिवारका ६ जना मृत अवस्थामा भेटिएका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका ६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलमा उनीहरूले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ । तर पत्रमा लेखिएको विषय भने प्रहरीले जानकारी दिएको छैन ।

घटनामा ६५ वर्षका संगत राम, ३४ बर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरु अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीहरूको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन । तर प्रारम्भिक अनुसन्धानबाट उनीहरूको आत्महत्या भएको आशंका गरिएको छ ।

उनीहरुको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ । घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरु निकटस्थसँग बयान लिएको छ ।