close

दक्षिण कोरियामा एक लाखभन्दा बढी सङ्क्रमित थपिए

दक्षिण कोरियामा एक लाखभन्दा बढी सङ्क्रमित थपिए

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरसबाट पछिल्लो एकै दिनमा एक लाख एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार कोरियामा थप एक लाख एक हजार १४० जना सङ्क्रमित भएका हुन् । अघिल्लो दिनको तुलनामा शुक्रबार सङ्क्रमितको सङ्ख्या घटेको देखिएको छ । 

योसँगै कोरियामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार ९८५ पुगेको छ । 

अघिल्लो दिन एक लाख १३ हजार ३७१ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । अघिल्लो हप्ता औसतमा एक लाख १४ हजार सात सय ६५ जना सङ्क्रमित भएका थिए ।  

अहिले सङ्क्रमित अवस्थामै रहेका मध्ये पाँच सय ७५ जना गम्भीर अवस्थामा रहेका छन । ती मध्ये नौ जना पछिल्लो एक दिनमा थपिएका हुन् ।