close

सोभियत युनियनका अन्तिम नेता गोर्बाचेवको निधन

सोभियत युनियनका अन्तिम नेता गोर्बाचेवको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं । सोभियत युनियनका अन्तिम नेताका रुपमा रहेका गोर्बाचेवको निधन भएको छ। मंगलबार राति ९१ वर्षको उमेरमा उनको निधन भएको बिबिसी नेपालीले उल्लेख गरेको छ ।

लामो समयदेखि गम्भीर बिरामी रहेका उनको मस्कोस्थित सेन्टङल क्लिनिकल हस्पिटलमा निधन भएको हो ।

गोर्बाचेवले सोभियत संघको अन्तिम समयमा सन् १९८५ देखि १९९१ सम्म नेतृत्व गरेका थिए । तत्कालीन सोभियत संघ र पश्चिमा विश्वसँगको शीतयुद्ध अन्त्य गर्नका लागि उनको महत्त्वपूर्ण योगदान थियो । गोर्बाचेवकै राजीनामाका कारण पूर्वीय र पश्चिमा राष्ट्रहरुबीचको शीतयुद्ध समाप्त भएको थियो । 

गोर्बाचेवले शीतयुद्धको अन्त्य गरेका कारण सन् १९९० मा नोबेल शान्ति पुरस्कार पाएका थिए । तर, केही रसियनहरुले भने उनलाई सोभियत संघ विघटनको मुख्य जिम्मेवारका रुपमा तथा आर्थिक, सामाजिक संकटका कारकका रुपमा पनि हेर्ने गरेका छन् ।  

उनको निधनमा विश्वभरबाट नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।