close

कोलम्बियामा हमला हुँदा ८ प्रहरीको मृत्यु

कोलम्बियामा हमला हुँदा ८ प्रहरीको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । दक्षिण-पश्चिमी कोलम्बियामा शुक्रबार विस्फोट हुँदा आठ प्रहरी अधिकारीको मृत्यु भएको छ ।

आक्रमणको  राष्ट्रपति गुस्ताभो पेट्रोले निन्दा गरेका छन् । ‘आठ प्रहरीको ज्यान जाने गरी भएको हमलाको निन्दा गर्छु’, राष्ट्रपति पेट्रोले भनेका छन् । 

हुइला विभागको एक ग्रामीण क्षेत्रमा उक्त हमला भएको थियो । आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन। आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।