close

चीनमा भूकम्प, ४६ जनाको मृत्यु

चीनमा भूकम्प, ४६ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

चीनमा गएको भूकम्पका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी घाइते भएका छन् ।

चीनको दक्षिण-पश्चिममा पर्ने सिचाआन प्रान्तमा ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको हो । स्थानीय समयअनुसार १ बजे गएको भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ ।

भूकम्पका कारण सडकमा धाजा फाटेको छ भने पहाडी भेगमा पहिरो खसेको छ । प्रभावित क्षेत्रका १० हजार घरमा दुरसञ्चार सेवा अवरुद्ध भएको छ ।

भूकम्पको केन्द्रबिन्दु सिचुआनको राजधानी चेङ्डुबाट २२६ किलोमिटर दूरीमा पर्ने पहाडी क्षेत्र लुडिङ सहर रहेको बताइएको छ  ।

भूकम्पका कारण यान सहरमा १७ र गान्जीमा २९ जनाको मृत्यु भएको बताइएको छ । भूकम्पपछि १६ जना हराइरहेका र ५० जना भन्दा बढी घाइते भएका छन् ।