close

सियोल महानगरमा सुरु भयो चालकविहीन रात्रिबस

सियोल महानगरमा सुरु भयो चालकविहीन रात्रिबस

Trulli
ADVERTISEMENT

काठमाडौं– दक्षिण कोरियाको राजधानी सियोल महानगरमा चालकबिनाको स्वचालित रात्रि बस सञ्चालनमा आएको छ । स्वचालित बसले सियोलको व्यस्त जीवनमा राहत दिनसक्ने महानगरले जनाएको छ । 

विश्वकै व्यस्त मानिने महानगरमा मध्यरातसम्म काम गरेर आफ्ना बासस्थान फर्कन चाहने मानिसहरुलाई उनीहरुको गन्तव्यसम्म रात्रिबसले सेवा दिन थालेपछि स्थानीय खुशी भएका अधिकारीहरूले बताएका छन् ।

ए २१ नम्बरका दुई रात्रिकालीन बसहरूले सियोलको सबैभन्दा व्यस्त क्षेत्रहरू मध्येका होङ्देइ र डोङ्देमुन जिल्लासँग जोड्ने २० स्टपहरूबाट सोमबारदेखि रात्रि सेवा सुरु गरेको हो । 

सेवाको पहिलो दिन सोमबार, दुई सुरक्षा गार्डहरू बसमा सवार थिए, जसमा टेस्ट ड्राइभर पनि थिए । उनीहरु चालकको सिटमा बसेका थिए तर स्टेयरिङ्ग भने समातेनन् । तिनीहरू नियमित बसहरू भन्दा सुस्त गतिमा गुडे । 

न्यूज  एजेन्सी योनहापका अनुसार महानगरले बस मार्ग विस्तार गर्ने र महानगरका केन्द्रहरूलाई उपनगरहरूमा जोड्ने अन्य नियमित लामो दूरीका रुटहरूमा चालकविहीन बसहरू सञ्चालन गर्ने समेत योजना बनाइरहेको छ ।