close

सैनामैनाको ऐलानी जग्गामा मनपरी उत्खनन्ः नगरको छड्केमा परेको अवैध ढुङगा गायव

सैनामैनाको ऐलानी जग्गामा मनपरी उत्खनन्ः नगरको छड्केमा परेको अवैध ढुङगा गायव

Trulli
ADVERTISEMENT

रुपन्देही । सैनामैना नगरपालिकामा ऐलानी(सुकुम्बासी बस्ती)जग्गाबाट अवैध रुपमा माटो तथा ढुङगा उत्खनन् हुँदै आएको पाइएको छ  । नगरपालिकाका केही वडाका ऐलानी जग्गामा खेती बनाउने नाममा माटो तथा ढुङगा उत्खनन् गरि विक्रि वितरण भईरहेको पाइएको हो । 

 राजश्व बढाउने उदेश्य राखेर क्षेत्राधिकार नै नभएका वडाहरुले अनुमति दिई ऐलानी जग्गाबाट धमाधाम उत्खनन् र विक्रि वितरण भैरहँदा समेत सम्बन्धी निकाय मौन छ ।

यता,सैनामैना वडा न.६ स्थित सुखौरा शान्तिपुर निवासी श्याम सोमरेले जोगभोग गर्दै आएको ऐलानी जग्गाबाट निकालेको अवैध ढुङगा गायव भएको छ । केही महिना अघि सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, ईन्जिनियर सुरज न्यौपाने, अरुण खनाल, सुचना अधिकारी केशव अर्याल, पत्रकार सुरेश परियारसहितको टिमले खेती बनाउने बहानामा अवैध रुपमा उत्खनन् गरेको ढुङगालाई नियन्त्रणमा लिई सो कार्यलाई बन्द गराएको थियो ।

तर, नगरपालिकाले छड्के गरेको दुई महिना नपुग्दै डम्पिङ गरि राखेको ढुङगा गायब भएको छ ।करिब १० लाख भन्दा बढि मुल्य पर्ने सो ढुङगा जेसिव,टिप्पर र ट्याक्टर प्रयोग गरी ओसारपोसार गरि विक्री वितरण गरेको स्थानीयलाई उदृत गर्दै बताईएको छ ।

नगरपालिकाको वडा न.६ स्थित सुखौरा शान्तिपुर निवासी श्याम सोमरेले आफनो जग्गा सम्माईदिने र निस्केको ढुङगा दिने सर्तमा यो कार्य भएको स्वीकार गरेका छन् । सोमरे भन्छन् कहिलेकहिँ ट्याक्टरमा ढुङगा प्रयोग गरी लगेको देख्छु । अव म घर धेरै हुदैँन कतिबेला आएर लैजान्छन तर ढुङगा पहिला भन्दा अहिले धेरै घटे ।

 नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले नियन्त्रणमा लिएको ढुङगालाई विक्री वितरण गर्ने अनुमति नदिएको बताएका छन् । कानुन विपरित काम भएको भन्दै थप अनुसन्धान गरी कार्वाहिको दायरामा ल्याउने प्रमुख प्रशासकीय अधिकृत थापाले उल्लेख गरे । राज्यको सम्पत्ती कसैले पनि दोहन गर्न नहुने भन्दै थप अन्य ठाउँमा पनि सुक्ष्म तरिकाले अनुगमन हुने उल्लेख गरे ।

माटो तथा नदिजन्य पदार्थको नियमनकारी निकाय जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चापागाईले ऐलानी जग्गाबाट माटो तथा नदिजन्य पदार्थ उत्खनन् गर्न नपाईने कानुनी ब्यवस्था रहेको बताएका छन् । सैनामैना वडा न.६ स्थित सुखौरा शान्तिपुरमा ऐलानी जग्गाबाट निकालेको नदिजन्य पदार्थ कानुन भन्दा माथि भएको स्विकार गर्दै सो ठाउँको अनुगमन छिट्टै गरिने जानकारी दिए ।

सार्वजनिक प्रयोजन बाहेक कुनै पनि ऐलानी जग्गाबाट विभिन्न बहानामा माटो तथा नदिजन्य पदार्थ निकाल्न नपाईने र भए अवैध हुने अध्यक्ष चापागाईको भनाई छ । सरकारी प्रयोजनका लागी आईई भैसके पछि मात्र एैलानी जग्गाबाट माटो उत्खनन् गर्न पाईने र अनुमति पालिकाले दिन मिल्ने कानुनी ब्यवस्था भएता पनि वडा कार्यालयले कानुन विपरित अनुमति दिईरहेको प्रति गम्भीर ध्याकार्षण भएको चापागाईले उल्लेख गरेका छन् ।