close

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहँदा नगरप्रमुखको छड्के जाँच

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहँदा नगरप्रमुखको छड्के जाँच

Trulli
ADVERTISEMENT

कपिलवस्तु। शिवराज नगरपालिकामा छड्के अनुगमन क्रममा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको पाइएको छ। नगरप्रमुख अजय थापाले आइतबार अनुगमनको क्रममा वडा न ९ रमुवादह स्थित भक्रामखोलामा अबैध रुपमा ढुङ्गा बालुवा उत्खनन् गरिरहेको अवस्थामा फेला  पारेका हुन्। 

लु १ क ३३५३ नम्बर र लु १ क ४७७८ को जेसिबीले अबैध रुपमा ढुङ्गा बालुवा उतखनन् गरेको अवस्थामा भेटीएको नगर प्रमुख थापाले बताए । भक्रम खोलाबाट ढुंगा, गिटीको चोरी निकासी र नदी किनारमा अवैध उत्खनन भएको जनगुनासोपछि उनले छड्के अनुगमन गरेका हुन् । 

शिवराज नगरपालिकाले गत मंसिरदेखी खोलाबाट ढुंगा, गिटी र बालुवा निकासी खुला गरेको थियो । खोलाबाट हुने ढुंगा र गिटीको अबैध चोरी निकासी भए नभएबारे बुझ्न अनुगमन गरिएको नगरप्रमुख थापाले बताए । भक्रम खोलाबाट ढुंगा, गिटी बोक्ने ट्रयाक्टर एवं टिपरले राजस्व तिरे/नतिरेको, खोलाको गहिराइ र मापदण्डअनुसार उत्खनन भए/नभएबारे अनुगमन गरिएको बताए । 

२०७९ महिना मंसिर २७ गते पालिकाले सूचना प्रकाशित गरि पच्चिस लाख एकाउन्न हजार एक सय एकाउन्नमा मुल्य अभिवृद्धि कर सहित नदिजन्य पदार्थ बिक्रीको ठेक्का लगाएको थियो। भक्रम खोला वाट ८०८५.६० घन मिटर नदीजन्य पर्दाथ विक्री गर्न अनुमती सहित श्री राधारोशन निर्माण सेवाका प्रवन्धक रोजन बहादुर एम सि बिच ठेक्का भई संचालनमा आएको नगरपालिकाले जनाएको छ।