close

ड्युटिमै भेटिए बर्खास्त नगर प्रहरी

ड्युटिमै भेटिए बर्खास्त नगर प्रहरी

Trulli
ADVERTISEMENT

पर्सा- वीरगन्ज महानगरपालिकाद्वारा दुई दिन अघि हटाइएका नगर प्रहरी अधिकृत गत शुक्रबार पनि ड्युटीमा खटेको पाइएको छ । 

दुई महिना अगाडिमात्र नगर प्रमुख राजेशमान सिंहको ठाडो निर्देशनमा नियुक्ति पाएका नगर प्रहरी उपनिरीक्षक लालप्रसाद लुइँटेल शुक्रवार पनि ड्युउटी खटेका थिए । वीरगन्ज महानगरपालिकाले गैरकानुनी रूपमा भर्ना गरिएका करिब ४५० जना दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको थियो । त्यसै क्रममा नगर प्रहरी अधिकृत लुइँटेल पनि खारेजीमा परेका हुन् । 

शुक्रवार दिउँसो नगर प्रहरीको पोसाकमै डिउटी कक्षमा काम गरिरहेको देखिएपछि आश्चर्य व्यक्त गर्दै एक नगर प्रहरीले भने,‘यो वीरगन्ज महानगरपालिका हो, यहाँ जे पछि हुन्छ, सेटिङमा खारेजी भएको कर्मचारी हाजिर हुन कुनै अस्वाभाविक होइन।’

खारेजीमा परेको दुई दिन बितिसक्दा पनि उनले क्वाटर छाडेका छैनन् । नियुक्ति भएको श्रावण महिनामा २२ दिन र भदौमा २६ दिन मात्र लुइँटेलको हाजिरी छ । तर उनी दुई  महिनाको तलब भत्ता पूरै लिएका छन् । शुक्रबार दिउँसो प्रमुख प्रशासकीय अधिकृत कक्ष अगाडि खटेका लुइँटेलले आफ्नो खारेजीको बारेमा अनभिज्ञता व्यक्त गरे । 

मेयर,उपमेयर र प्रशासकीय अधिकृतको भागबन्डामा गरिएको अवैध नियुक्तिको बारेमा अख्तियार दुरुपयोग आयोगले कार्यवाही अगाडि बढाए पछि करिब ४५० कर्मचारी खारेजीमा परेका छन् । अनिल तिवारी/आइएनएस